२०८० मंसिर १६ शनिबार

मोटिभेसनल स्पिकर सौनक भट्ट २८ गते सुरुङ्गा आउने

काठमाडौं – झापाको सुरुङ्गामा युवा विद्यार्थीलाई लक्षित गरि विग सिफ्ट सेमिनार आयोजना हुने भएको छ ।
रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिकको संयुक्त आयोजनामा मंसिर २८ गते कनकाई अतिथ सदनमा सेमिनार आयोजना हुने कार्यक्रम संयोजक दिपेश तिवारीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सौनक भट्टको एकल प्रस्तुति रहने कार्यक्रममा जिल्ला भरिका ८ सय जनाले सहभागीता जनाउने बताईएको छ । भट्ट युवा पुस्तामाझमा लोकप्रिय मोटिभेसनल प्रशिक्षक हुन्

मोटिभेसनल स्पिकर सौनक भट्ट ‘लाइफ कोच’का रूपमा परिचित व्यक्ति भएकाले उनलाई निमन्त्रणा गरिएको आईवाई डाईनामिक अध्यक्ष अभिषेक मिश्रले बताए ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र अन्य युवाहरुले लाभ लिने भएकाले सबैको सहयोगका निम्ति आयोजकले अपिल समेत गरेको छ।
पत्रकार सम्मेलनमा खेम प्रसाईं, प्रताबबाबू जम्मरकट्टेल,सारिका गिरिले युवा विद्यार्थीलाई सकारात्मक बाटोमा डोर्‍याउन सेमिनार गर्न लागिएको बताए ।

२०७९ मंसिर २२, बिहीबार १०:४० गते 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार