
काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । अहिले पौने १२ बजेबाट स्थायी कमिटीको १३औं पूर्ण बैठक सुरु भएको हो ।
बैठकले निर्वाचनको समीक्षासहित प्रदेशसभा अन्तर्गत समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउनका साथै पार्टीको समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।