
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान निवासी ५० बर्षिय सुनिल कुमार अग्रवालको शव आज दिउँसो पूर्वी चम्पारणको छाैडादानो रेलवे क्षेत्रमा फेला परेको छ ।
वीरगंज घण्टाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक सुनिल अग्रवाल बिहान मर्निङग वाकमा निस्केको र दिउँसो १ बजे सम्म पनि परिवारको सम्पर्कमा नआए पश्चात उनको खोजी कार्य शुरु गरिएको थियो ।
जीआरपी रक्सौल थानाका धर्मेन्द्र कुमारले टाउकोमा चोट लागेको हुँदा उनको मृत्यु भएको हुन सक्ने बताए । रक्सौलबाट गएका जिआरपीको टोलीले शवलाई पोष्टमार्टमका लागि मोतिहारी पठाइएको र सो घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।