२०८० मंसिर १६ शनिबार

रेशम रिहाईको अध्यादेश राष्ट्रपति कार्यालयमा

काठमाडौं – रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

सरकारले जारी गर्न पठाएको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष आइपुगेको राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले जानकारी दिए ।

सत्तास्वार्थका लागि हत्यारा रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ ।
सरकारले भने हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश ल्याएको भन्दै बचाउ गरिरहेको छ ।

२०७९ मंसिर २६, सोमबार १८:४४ गते 1 Minute 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार