२०८० मंसिर १६ शनिबार

सामुदायिक विद्यालय सुधारका लागि वीरगञ्ज महानगरको अनुगमन निरन्तर, सोमबार २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।
महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ ।आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।
यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।

मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए । दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

२०७९ मंसिर २६, सोमबार २२:०२ गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार