२०८० मंसिर १६ शनिबार

१७ अंकले नेप्से बढ्दा एक अर्ब ३६ करोडको सेयर किनबेच

काठमाडौं – नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै ३२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने १६ दशमलव ९७ अंकले बढेर १९ सय दुई दशमलव २८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५७ अंकले बढेर तीन सय ७२ दशमलव ९३ अंकमा चढेको छ ।

दुई सय ४५ वटा कम्पनीहरुको २२ हजार नौ सय ९३ पटकको कारोबारमा ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३६ करोड ६० लाख १० हजार चार सय ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा वाणिज्य बैंक समूहको सूचक सात दशमलव ५९ अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये बिकास बैक समूहको सूचक २७ दशमलव ६९ अंकले बढेर १५ सय ५९ दशमलव २५ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ३० दशमलव ९९ अंकले बढेर १९ सय ८८ दशमलव ८३ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ७० दशमलव ८५ अंकले बढेर नौ हजार दुई सय तीन दशमलव ७२ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक ३० दशमलव ७३ अंकले बढेर सात हजार चार सय ८३ दशमलव ७९ अंकमा चढेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक आज बढेका छन् ।

नेप्सेमा आज समिट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ६६ रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई ब्यालेन्स फण्ड १ को प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेर आठ रुपैयाँ १६ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नविल बैंकको प्रतिकित्ता आठ सय १५ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ३२ लाख ४१ हजार छ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

२०७९ मंसिर २६, सोमबार १८:४७ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार