२०८० मंसिर १६ शनिबार

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी आवागमनमा रोक

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले आउँदो पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म रोकिनेछ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जीखोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा बसेको बैठकले नारायणगढतर्फबाट जाने यात्रीवाहक बस, मिनिबस, माइक्रोबस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ ।

यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०:५० बजेदेखि रोकिने छ ।

२०७९ मंसिर २७, मंगलवार १५:०७ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार