२०८० मंसिर १६ शनिबार

प्रदेश सांसद् अंसारीले गरे निर्वाचन क्षेत्रका विद्यालय अनुगमन र विद्यार्थीसँग भेटघाट

वीरगञ्ज – पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य रबहर अन्सारीले हिजो आफ्नो निर्वाचन क्षेत्र अन्तरगत रहेका केही सार्वजनिक विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुसँग भेटघाट गर्नुभएको छ ।

विद्यालयहरुमा गएर विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुसँग प्रत्यक्ष भेट गरी सुझाव संकलन गरेको जानकारी दिनुभयो । विद्यालयहरुमा गरिएको भेटघाटले आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउन अत्याधिक प्रेरणा हासिल गरेको प्रदेशसभा सदस्य अन्सारीले बताउनुभयो ।

शिक्षा सामाजिक परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै शिक्षाले नै सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिने र सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्ने तर्क प्रदेशसभा सदस्य अन्सारीको तर्क छ ।

२०७९ मंसिर २७, मंगलवार १५:१८ गते 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार