२०८० मंसिर १६ शनिबार

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण आज (बिहीबार) राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ।

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको हो । यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।

आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

यता प्रदेशतर्फको विवरण भने आयोगले आगामी पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्नेछ। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपति र प्रदेश प्रमुखहरूलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।

२०७९ मंसिर २९, बिहीबार १०:४४ गते 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार