२०८० मंसिर १६ शनिबार

रानीघाटको चार वटा गोदममा प्रहरीको छापा

वीरगंज – वीरगंज महानगरपालिका वडा नं ११ रानीघाट टाेलमा संचालन रहेको चारवटा चामल गोदाममा नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्तकाे टालीले छापामारी गरी भारी मात्रमा खाद्यान्न बरामद गरेको छ।

भारतबाट लुकाइछिपाइ राजश्व छलेर भित्र्याइएको विशेष सूचनाको आधारमा प्रहरी टोलीले गोदममा छापामारी गरी खाद्यान्न नियन्त्रणमा लिएको बताइएको छ ।

रानीघाट टाेलमा स्थित बिनोद गुप्ता,श्याम बर्णवाल, सुजित गुप्ता र प्रधुमन गुप्ताले संचालन गरेको गोदमहरुमा प्रहरीले छापामारी गरि भारी मात्रमा विभिन्न ब्रान्डको चामल,चिनी,तेल र मैदा लगाएतका खाद्यान्न आफ्नो नियन्त्रणमा लिइ बिरगंज भन्सार कार्यालयमा पठाउने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

२०७९ मंसिर २९, बिहीबार २२:२० गते 1 Minute 8948 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार