
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ । बस्नेतको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो ।
पर्सा जिल्लामा १ वर्ष १ महिनाको कार्यकाल पूरा गरेका बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । बस्नेतसागै प्रहरी प्रधान कार्यालयले २३ जना प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
पर्सामा प्रमुख प्रहरी उपरीक्षकको रुपमा कोमल शाह आउने भएका छन् । शाह नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाण्डौबाट पर्सामा सरुवा भएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा सन्तोष कुमार भट्टराई आउने भएका छन् । हाल त्याहाँ कार्यरत नान्तीराज गुरुङ्को सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा भएको प्रधान कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।