२०८० मंसिर १६ शनिबार

पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी र हतियारसहित ५ जना वन्यजन्तु सिकारी नियन्त्रणमा

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा जरायाेकाे शिकार गर्दै गरेका ५ जना पक्राउ परेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया नजिककाे जङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई निकुञ्ज संरक्षणमा खटिएकाे टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिकका मालदोङ्ग तामाङ्ग रहेको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुकाे साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, नाईट भिजन क्यामेरा, बाईनाकुलर, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको पनि प्रमुख संरक्षण अधिकृत रामले बताउयनुभयो ।

यस्तै उनीहरुले प्रयोग गरेकाे बा ५ त ७८०५ नम्बरको टोयटा गाडी र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि बरामद भएकाे छ ।

पक्राउ परेकालाई बरामद सामान सहित पर्सा राष्ट्रिय निकुञ्जमा राखिएकाे निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले बताउनुभयो । नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ । त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

२०७९ पुष ५, मंगलवार १८:०० गते 0 Minutes 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार