२०८० मंसिर १६ शनिबार

नेपाल जेसिजको ४९ औं कभेस्सन वीरगंजको भिस्वा होटलमा सुरु

वीरगंज – नेपाल जेसिजको ४९ औं कभेस्सन वीरगंजमा सुरु भएको छ । वीरगंजको भिस्वा होटलमा कार्यक्रम सुरु गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन सत्रको उदघाटन गर्दै नयाँ नेतृत्व चयनको शुभकामना दिएका थिए ।

देशभरका जेसिजहरुको उपस्थितिमा तीनदिन सम्म चल्ने कभेन्सनमा १४ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । नेतृत्व र व्यक्तित्व विकास मुख्य उदेश्य रहेको जेसिजले पहिला आफै सक्षम भए मात्रै अरुलाई पनि सक्षम बनाउन सक्ने उदेश्य अनुसार कार्यक्रममा विभित्र किसिमको तालिम, सेमिनार, गढीमाई दर्शन लगायतको कार्यक्रम तय गरेको छ।

पहिलो दिन उदघाटन सत्र दोस्रो दिन नेतृत्व चयन प्रस्तृती र तेस्रो दिन विश्व प्रिद्ध तिासिक गढीमाई मन्दिर दर्शनको कार्यक्रम तय गरिएको जेसिजले जनाएको छ । १७ वटा पदमा ३२ जनाको उम्मेदवारी दर्ता गराएको जेसिजले जनाएको छ । अध्यक्ष र महासचिवको निर्वाचनपछि संस्थाको विधान अनुसार बाँकी उम्मेदवारहरुलाई चयन गर्ने रहेको छ । सोहि अनुसार नयाँ पदाधिकारी गठन हने नियम रहेको छ।

एक करोड ३७ लाख खर्च लाग्रे अनुमान गरिएको कार्यक्रममा देशमा जारी तरल्ताले संकल्न हुन नसकेको वीरगंज जेसिज महासम्मेलनको डाइरेक्टर गोपाल केडियाले बताए ।

२०७९ पुष ७, बिहीबार २०:०० गते 1 Minute 549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार