
वीरगंज – पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पाँच वर्ष पर्सा जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पश्चात सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै यादवले सङ्घीय सांसद्का रुपमा पाँच वर्षसम्म पर्सा जिल्लाको समृद्धि र विकासका लागि आफूले काम गर्ने बताएका हुन् ।
उनले मधेशको मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर आफ्नो मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् । यादवले मधेशको मौलिक पहिरन लगाएर भोजपुरी भाषामा शपथ लिने अवसर दिएकोमा पर्सा जिल्लावासीलाई पनि धन्यवाद दिएका छन् ।
यादवले लेखेका छन्, ‘जनताको न्यायको मन्दिर सङ्घीय संसदमा प्रतिनिधिसभा सदस्यको रूपया आजदेखि मेरो दोस्रो कार्यकालको सुरुवात भएको छ । मधेशको पहिचान र संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर दोस्रो पटक भोजपुरी भाषामा शपथ ग्रहण गर्ने अवसर मिल्यो । यस अवसरका लागि मेरो निर्वाचन क्षेत्र तथा पर्सा जिल्लाका सम्पूर्ण जनताप्रति हृदयदेखि आभार प्रकट गर्दछु । सङ्घीय सांसद्का रुपमा ५ वर्षसम्म जिल्लाको समृद्धि र विकासका लागि काम गर्ने म वचनवद्धता गर्दछु ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।