२०८० मंसिर १६ शनिबार

प्रचण्डले समयमा कदम चालेन : ओली

काठमाडौं – ओनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री हुने चाहना पूरा नहुने बताएका छन् ।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । प्रचण्डले समयमा कदम नचालेको भन्दै अब उनको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको ओलीको तर्क छ ।

अध्यक्ष ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ– ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न ।’

उनले देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना रहेको समेत बताए । ओलीले भने, ‘देश फेरि मध्यावधितिर जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमालेमात्रै हैसियत छ । राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन ।’ उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरू आफैँ समाप्त भएको समेत दावी गरे ।

२०७९ पुष ९, शनिबार १६:०९ गते 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार