२०८० मंसिर १६ शनिबार

भारतका बहुचर्चित कलाकार एवम् लोकप्रिय नेता मनोज तिवारीले गरे पर्साका सांसद यादवको प्रशंसा

वीरगञ्ज  – भारतका बहुचर्चित कलाकार एवम् लोकप्रिय नेता मनोज तिवारीले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको प्रशंसा गरेका छन् । भारतका लोकसभा सदस्य एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता तिवारीले शुक्रवार एक ट्विीट गर्दै यादवको प्रशंसा गरेका हुन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवले भोजपुरी संस्कृति झल्किने भेषभुषा पहिरिएर भोजपुरी भाषामा शपथ लिएपछि यादवको चौतर्फी चर्चा चुलिएको हो । भोजपुरी भाषाका प्रसिद्ध गायकसमेत रहेका मनोज तिवारीले यादवको तारिफ गर्दै ट्विट गरेका छन् ।

उनले ट्विटरमा भोजपुरीमा लेखेका छन्, ‘नेपालको संसदमा प्रदीप यादव जीले भोजपुरी भाषामा शपथ लिनुभएको खबरले मन अत्यन्तै हर्षित भएको छ । छिटै हाम्रो सपनालाई सार्थकतामा बदल्न निरन्तर प्रयास जारी छ ।’

भोजपुरी भाषा र संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै जगेर्ना गर्नुपर्नेमा जोड दिँदै हिन्दी तथा भोजपुरी भाषी चलचित्रसमेतमा काम गरेर अभिनेताको समेत पहिचान बनाएका तिवारीले यादवको सह्राना गरेका छन् ।

यसअघि भोजपुरी अभिनेता एवम् सुप्रसिद्ध गायक खेसारीलाल यादवले पनि प्रदीप यादवको प्रसंशा गरेका थिए ।

२०७९ पुष ९, शनिबार २२:४१ गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार