
काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।