२०८० मंसिर १६ शनिबार

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस परिवारको सयुँक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज – रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस परिवारको सयुँक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको माईस्थानमा भएको कार्यक्रममा ५ महिलासहित ५० जनाले रक्तदान गरेका छन् ।

क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा अमित सर्राफ, सौरभ वर्णवाल, प्रिती गुप्ता, रामविनय यादव, पियुश दारुका, मुस्कान अग्रवाल,प्रकाश कर्ण लगायतले रक्तदान गरेका हुन् ।

चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव चन्दन सिंहले बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, युवा नेता ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, डा. आनन्द झा, रोटेरियन अभिषेक चौधरी ,रोटेरियन हरिओम साह, रोटेरियन नन्दन चौरसिया,रो अभिषेक सर्राफ,रो रबिन श्रेष्ठ र रो सुनील साह लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपू वर्णवालले जानकारी दिए ।

२०७९ पुष १०, आईतवार १०:२८ गते 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार