
काठमाडौं – इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी)ठगबहादुर केसी पक्राउ परेका छन् ।
सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।
केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ तथा चेक बरामद गरिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिएका छाैं। थप कुरा अनुसन्धानबाट थाहा होला ।’
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसीले आफैँले राखेका थिए । सोही सुन फिर्ता दिने सहमतिमा डीएसपी केसीले २५ लाख रुपैयाँ लिएको अनुसन्धानमा
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।