२०८० मंसिर १६ शनिबार

खेल र खेलाडीको प्रोत्साहन गर्नुपर्नेमा सांसद यादवको जोड

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा सम्पन्न वडाअध्यक्ष क्रिकेट टुर्नामेन्टको समापन समारोहलाई सम्बोधन गर्दै सांसद यादवले खेलको बृद्धिविकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याएका हुन् ।

क्रिकेट मात्रै नभएर फुटबलसहित अन्य खेलहरुको पनि संरक्षण एवम् संवद्र्धन गर्दै खेलाडीहरुको बृद्धिविकासका लागि सबैले सहकार्य गर्नुपर्ने यादवको भनाई छ । उनले भने, ‘हाम्रो तिर अझै पनि खेल क्षेत्रलाई अपहेलना गर्न र खेल्न नदिने सोच हाबी छ, तर खेलबाटै देशको नाम पनि रोशन गर्न सकिन्छ भने खेलेरै जीवनयापन गर्न पनि सकिन्छ ।’ यहाँ आवश्यक खेल मैदानको अभावमा पनि खेलाडीहरुले देखाएको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै खेलाडी र खेलको विकासका लागि आफुले पदीय र व्यक्तिगत रुपमा कहिलै पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

पुष ९ गतेदेखि शुरु भएको वडाअध्यक्ष क्रिकेट टुर्नामेन्टको उपाधि पनि आयोजक वडा नम्बर २२ को जगरनाथपु युवा क्लबले हात पारेको छ । उपाधिसँगै जगरनाथपुर युवा क्लबले नगद ५१ हजारसहित शिल्ड र प्रमाणपा प्राप्त गरेको छ भने उपविजेता बनेको लक्ष्मणवा युवा क्लबले नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको क्लबका उपाध्यक्ष उपेन्द्र पटेलले जानकारी दिए ।

क्लबका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहलाई सांसद यादवसँगै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वडाअध्यक्ष द्वारिका महतो, क्लबका सल्लाहकार, मनोज ठाकुर, दिनेश ठाकुर लगायतले सम्बोधन गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले सहभागिता जनाएका थिए ।

२०७९ पुष १६, शनिबार १९:२० गते 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार