
वीरगञ्ज – रोट्रयाक्ट क्लब अफ बिराटनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरेको छ ।
क्लबका पूर्व अध्यक्ष रोहित रौनियार, प्रेम पारक, अन्शु निरौला, अनिल रौनियार लगायतले बिराटनगरका आसपासका बस्तीमा पुगेर गरिब, विपन्न एवम् अशक्तहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।
बिराटनगर महानगरपालिका वडा नम्बर १२ बखरीका ३५ बिपन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको हो । बिराटनगरका थोक कपडा बिक्रेताहरुको सहयोगमा उपलब्ध कपडा विभिन्न उमेर समूहका व्यक्तिहरुलाई वितरण गरिएको हो ।
यसअघि बिराटनगर ७ स्थित माया छात्राबासमा पनि चिसो मौसममा लगाउन बाक्लो मोजा वितरण गरिएको थियो । साथै आगामी दिनमा पनि क्लबले सामाजिक कार्यलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष प्रेम पारखले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।