
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटस्थित ३ वटा गोदाममा छापा मारी प्रहरीले ठूलो परिमाणमा चामल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको सयुँक्त टोलीले खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा बुधबार प्रहरीले छापा मारेको हो ।
छापा मारीका क्रममा भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए ।
बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा बरामद गरिएको छ । गोदाम सञ्चालकहरुले चामलको बिल देखाउन नसकेपछि बरामद गरेर भनसार पठाइएको गिरीले बताए ।यसअघि पनि प्रहरीले रानिघाटकै ३ गोदाममा छापा मारी ठूलो परिमाणमा चामल बरामद गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।