
काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी सबै कागजात ७ दिनभित्र झिकाउन सर्वोच्चले आदेश दिएको छ । शुक्रबार संवैधानिक इजलासले अन्तरिम आदेश बारे दुवै पक्षसँग छलफल गर्दै यस्तो आदेश दिएको हो ।
कायम मुकायमप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा र प्रकाशमान राउतको संवैधानिक इजलासले छिटो निरूपण गर्नुपर्ने विवाद भएकाले माघ ११ गतेलाई पूर्ण सुनुवाइको पेशी तोक्न आदेश गरेको छ ।
लामिछानेको उम्मेदवारीको सम्बन्धमा निर्वाचन आयोगले मंसिर १३ मा गरेको निर्णयको सक्कल फाइल पनि सात दिनभित्र झिकाएर मिसिलमा सामेल गर्न संवैधानिक इजलासले भनेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।