२०८० मंसिर १६ शनिबार

लिटल बड्डी अन्तर्राष्ट्रि प्रिस्कुलको शाखा वीरगञ्जमा खुल्दै

वीरगञ्ज – वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय सञ्चालनमा आउने भएको छ । नेपालसहित विश्वभरी १० वटा देशमा शाखा रहेको लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलको शाखा वीरगञ्जमा सञ्चलनमा आउने भएको हो ।

विद्यार्थीहरुको जग बलियो बनाउने र व्यावहारिक सिकाईमा जोड दिने अभिप्रायले स्थापित प्रिस्कुलको शाखा वीरगञ्जमा सञ्चालन गर्न पाउँदा लिटल बड्डीका नेपाल प्रमुख युवराज दाहालले खुशी व्यक्त गरे । वीरगञ्जमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै दाहालले आगामी माघ १२ गते सरस्वती पूजाको अवसरमा प्रिस्कुल सञ्चालन गर्ने जानकारी दिए ।

जग बलियो भएपछि मात्रै घर बलियो हुने भएकाले विद्यार्थीहरुको पनि पूर्व प्राथमिक तहको शिक्षालाई बढी प्राथमिकताका साथ लिनुपर्ने मानसिकताको विकासका लागि वीरगञ्जमा शाखा बिस्तार गरिएको दाहालको भनाई छ । ‘हाम्रो समाजमा पूर्व प्राथमिक तहको शिक्षालाई त्यति महत्व दिइँदैन, जबकी जोड दिने र धेरै कुरा सिक्ने तथा बुझ्ने भनेकै यही समयमा हो’, उनले थपे, ‘यही मानसिकताको विकास गर्ने र विद्यार्थीहरुको जगलाई बलियो बनाउने हाम्रो मुख्य उद्देश्य हो ।’

दाहालका अनुसार यस प्रिस्कुलमा सयुँक्त अधिराज्य (यूके) को पाठ्यक्रममा आधारित पठनपाठन गराइनेछ । विद्यार्थीहरुलाई पिट्ने, डराउने र कराउने जस्ता गतिविधिबाट टाढै राखेर खेल्दै रमाउँदै पनि सिकाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने योजना प्रिस्कुल परिवारको छ । केही दिनभित्रै शिक्षक तथा कर्मचारीको लागि दरखास्ता आह्वान गर्ने जानकारी दिँदै छनौट भएका शिक्षकहरुलाई भारतसहित अन्य देशमा पनि लिएर अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत तालिम दिई अध्यापन गराइने दाहालले बताए ।

प्रधान कार्यालय लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रिस्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । नेपालको मकवानपुर जिल्लामा विगत ३ वर्षदेखि शाखा सञ्चालनमा छ । दाहालले भने, ‘अरु स्कुलहरुले सरस्वती पूजाको अवसरमा छुटमा विद्यार्थी भर्ना गर्छन्, तर हाम्रो हेटौडाको शाखामा अहिले नै विद्यार्थी संख्या धेरै छ । हामी गुणस्तरमा विश्वास गर्छाै, त्यही विश्वास अभिभावकलाई पनि दिलाउनेमा हामी विश्वस्त छौँ ।’

पिजिदेखि युकेजीसम्मको पठनपाठन हुने प्रिस्कुल वीरगञ्जको पानीटंकीमा सञ्चालनमा आउने लिटल बड्डी वीरगञ्जका प्रमुख बिजय कुमार बलले बताए । उनकाअनुसार अहिले आन्तरिक व्यवस्थापनको काम भइरहेको छ ।

वीरगञ्ज शाखा सञ्चालन गर्न कम्तीमा २५ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गर्ने पनि बलले जानकारी दिए । विद्यार्थीहरुलाई २ पटक स्वास्थ्यबद्र्धक खाजाको व्यवस्थासहित अभिभावकले सिसिटीभि क्यामरामार्फत घरैबाट विद्यार्थीको निगरानी गर्न सकिने व्यवस्था पनि हुने उनले बताए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले अन्तर्राष्ट्रिय स्तरको प्रिस्कुल वीरगञ्जमा सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।

२०७९ पुष २५, सोमबार १२:५५ गते 1 Minute 766 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार