२०८० मंसिर १६ शनिबार

प्रधानमन्त्री प्रचण्डलाई प्रचण्ड बहुमत पक्षमा २६८ र विपक्षमा २ सांसदले गरे मतदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र ३२, नेपाली कांग्रेस ८५, नेकपा एमाले ७९, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १३, जनता समाजवादी पार्टी १२, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र ३ सांसदहरु विश्वासकाे मत दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र सांसदहरु अमरेश कुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

मतदानमा २७० सहभागी थिए । त्यसमध्ये २ मत मात्रै विपक्षमा मतदान गरेका थिए । प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो । उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

२०७९ पुष २६, मंगलवार २१:०७ गते 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार