२०८० फाल्गुन १० बिहीबार

सन्दीप लामिछाने भोलि धरौटी तिरेर छुट्ने

काठमाडौं – क्रिकेटर सन्दीप लामिाछाने भोलि छुट्ने भएका छन् । आज उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश पौडेलले नेपाल प्रेसलाई बताए । ‘आदेशकाे पूर्णपाठ केहीबेरमा आउँछ’, उनले भने, ‘लामिछानेकाे रिहाइ सर्तसहित हाे ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन । लामिछानेलाई २० लाख रूपैयाँ धराैटी माग गरिएकाे छ ।

अदालतले लामिछानेसँग २० रुपैयाँ धरौटी माग गरेको छ । उनीनिकट स्रोतका अनुसार भोलि माग भएको २० लाख रुपैयाँ धरौटी बुझाउने बताइएको छ ।

धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो ।

२०७९ पुष २८, बिहीबार १९:३१ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार