२०८० फाल्गुन १० बिहीबार

अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय, नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकताः प्रहरी उपरिक्षक शाह

वीरगञ्ज- जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । नागरिकको जीउ धनको रक्षा पहिलो कर्तब्य हो प्रहरी उपरिषक शाहले भने तर समाजमा अपराधका अन्य छिद्रहरुपनि टाल्ने र अपराधीलाई काूननको दायरामा ल्याउने कुरामा प्रहरी क्रियाशिल हुने बताए ।

शुक्रवार पत्रकारहरुसंग कुरा गर्दै उपरिक्षक शाहले राजस्व चुहावट नियन्त्रण पनि प्रहरीको दायित्व भित्र पर्ने बिषय भएकोले प्रहरीले सीमापार अवैध कारोवार नियन्त्रणमा भूमिका खेलेको बताए । उनले सीमामा कडाई गरिएको र त्यसको अनुभूती नागरिकले गरेको कुरामा बिश्वास ब्यक्त गरे ।

उनले ०७९ पुष महिनामा दर्ता भएका मुद्धाका आधारमा पर्सामा अपराधको अवस्था र त्यसको प्रभावको बिश्लेषण गरे । उनले संस्थागत गुणगर्दी त छैन तर ज्यानको जोखिम हुने खालको अपराध हुन सक्ने तर्फ सबैलाई सचेत हुन आग्रह गर्दै प्रहरीलाई सूचना दिन सघाउन आम नागरिकलाई अपिल गरे ।

पर्सामा पष महिनामा बैकिङ कसुर सम्बन्धी धेरै मुद्धा दर्ता भएका छन । अहिले बैकिङ कसुरका घटना बढेका पनि छन ।
पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मद्दाका ५१ वटा उजुरी जिल्लामा दर्ता भएको छ । त्यस्तै अभद्र व्यवहारका ४४ वटा, लागु औषधका २२ वटा र चोरीका २१ वटा मुद्दा पर्सा प्रहरीको कार्यालयमा पुगेको छ ।

पर्साका प्रहरी उपरिक्षक कोमल शाहका अनुसार। पुस महिनामा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका ६ वटा मुद्दा दर्ता भएका छन् भने कर्तव्य ज्यान, ठगी तथा आपराधिक विश्वासघात र मानव बेचविखन तथा ओसारपसारका ३÷३ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग र भवितव्य ज्यानका २÷२ मुद्दाका उजुरी परेका एसपी शाहले बताए ।

यसैगरी ज्यान सम्बन्धि, झुण्डिएर मृत्यु भएको र सवारीमा परि ज्यान गएको १÷१ वटा उजुरी परेका छन् । अपरहण तथा शरिर बन्धक, बैङ्क तथा वित्तिय संस्था सम्वन्धि, बाल यौनदुरुपयोग, हातहतियार खरखजना, कालो बजारीका क्रमशः १÷१ वटा मुद्दा जिल्लामा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लिखत र निर्वाचन सम्बन्धि कसुरमा १÷१ वटा उजुरी परेको उल्लेख छ ।

२०७९ पुष २९, शुक्रबार २३:०३ गते 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार