२०८० फाल्गुन १० बिहीबार

मधेशका मुख्यमन्त्री यादवले भाेजपुरीमा लिए शपथ

वीरगञ्ज – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री यादवले मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् । बाराकाे निर्वाचन क्षेत्र नं. १ काे (२) दाेस्राे पटक प्रदेश सभामा निर्वाचित यादव आफ्नाे दल जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीकाे समर्थनमा मुख्यमन्त्री भएका हुन् ।

यस अघिकाे कार्यकालमा उनी प्रदेश सभाका सभामुख थिए ।शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतकाे सहभागिता रहेकाे थियाे ।

२०७९ पुष २९, शुक्रबार १५:०३ गते 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार