२०८० फाल्गुन १० बिहीबार

मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम – मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ ।प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७९१० बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ ।

सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा नेकपा (एमाले) र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ ।

२०७९ पुष ३०, शनिबार १२:४७ गते 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार