२०८० फाल्गुन १० बिहीबार

राष्ट्र सेविका नेपालको आयोजनामा ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण सम्पन्न

वीरगञ्ज – राष्ट्र सेविका नेपाल वीरगंजको आयोजनामा ७ दिने महिला प्राथमिक शिक्षा वर्ग प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।

वीरगञ्जमा भएको प्रशिक्षण समापन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह गरेका थिए ।

उनले महिला दिदी बहिनीलाई सक्षम बनाउन प्रशिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यस्तो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

वीरगञ्जस्थित पशुपति शिक्षा मन्दिरमा गएको २३ गतेदेखि सुरु भई ७ दिनसम्म चलेको शिविरमा पर्सा, बारासहित विभिन्न जिल्लाबाट ६४ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।

जसमा १३ वर्षकी किशोरी देखि ६७ वर्ष उमेरसम्मका महिलाले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुले परेड प्रदर्शन गर्नुका साथै योग तथा प्रणायाम अभ्यासहरु प्रस्तुत गरेका थिए ।

सहभागिहरुलाई आफ्नो सुरक्षाका साथै धार्मिक गतिबिधिका बारेमा प्रशिक्षण दिइएको वर्गाधिकारी शशिलता गिरीले जानकारी दिइन ।

राष्ट्र सेविका नेपालकी राष्ट्रिय सञ्चालिका शुभद्रा पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा विश्व हिन्दु परिषद नेपालका महासचिव प्रह्लाद रेग्मी, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेखा वर्णवालले गरेकी थिइन ।

२०७९ पुष ३०, शनिबार १२:५० गते 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार