२०८० फाल्गुन १० बिहीबार

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि आज (मंगलबार) बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । यसअघि पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने भएको छ ।

रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो । रास्वपाले सोविता गौतललाई उपसभामुख बनाउने तयारी गरेको छ ।

२०७९ माघ ३, मंगलवार ११:३४ गते 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार