२०८० फाल्गुन १० बिहीबार

पर्सागढीबाट जुवा खेलिरहेका एक वडाध्यक्षसहित १० जना पक्राउ

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दशजनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले जुवा खेली रहेकाहरुलाई पर्सागढी नगरपालिका वडा नम्ब ३ बढ्नियारस्थित भागवत साहको घरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले सोमबार दिउँसो साहको घरमा सोमबार दिउसो छापामारी गर्दा जुवातास खेल्दै गरेका दशजनालाई १ लाख २८ हजार १४० रुपैयाँ नगद र चार थान तासको गड्डी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

पक्राउ पर्ने पर्सागढी नगरपालिका वडा नम्बर २ वगवानाका पूर्व वडा अध्यक्ष वेदमन दास थारु, पर्सागढी कै वडा नम्बर ३ बढनिहार माथि टोल निवासी मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक, पर्सागढी कै वडा नम्बर ८ हरपुर निवासी श्री नेरा आधारभुत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, पर्सागढी कै वडा नम्बर ९ हरपुर बडेर्वा निवासी बडेर्वा माविका शिक्षक गौरीशङ्कर गौरो, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ दोहरी निवासी पटेर्वा सुगौली गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी दिपनारायण चौधरी, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० बसडिलवाका वडाध्यक्ष धर्मेन्द्र महतो, निर्माण व्यवसायी ठेक्दार लक्ष्मण साहलगायतका रहेका छन् ।

लामो समयदेखी पर्सागढीमा गोप्य रुपमा जुवातास भइरहेको स्थानियहरुले बताएका छन् ।

२०७९ माघ ३, मंगलवार १४:१५ गते 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार