२०८० फाल्गुन १० बिहीबार

कन्या मा.वि. र इनर्वा मक्तुम विद्यालयका बालबालिकालाई साहिब दरबारले उपलब्ध गरायो स्वेटर

वीरगञ्ज – साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वेटर उपलब्ध गराएको छ ।

वीरगञ्जको वडा नम्बर ४ मा रहेको श्री सुन्दरमल रामकुमार कन्या मा.वि. र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराईएको हो ।

कन्या मा.वि. मा १५० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो ।

यस्तै इनर्वा मक्तममा पनि १५० जना विद्यार्थीका लागि स्वेटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् ।

कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् ।

संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो ।

यश अघि संस्थानले सडक पेटी र खुला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो ।

स्वेटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

२०७९ माघ ४, बुधबार १७:२६ गते 1 Minute 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार