२०८० फाल्गुन १० बिहीबार

जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै डाक्टरमाथि कुटपिट

काठमाडौं – विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट भएको छ ।मोरङ जहदा–३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए ।

अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गएका थिए । तर घर पुगेपछि शिशुले हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरेका छन् । अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।

कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् ।

शिशुका आफन्तले हातपात गर्दा डाक्टर यादव सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

२०७९ माघ ४, बुधबार १७:४४ गते 1 Minute 2570 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार