२०८० फाल्गुन १० बिहीबार

राष्ट्रिय वाणिज्य बैंक वीरगञ्जमा ४१ जनाले गरे रक्तदान

वीरगञ्ज – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको मधेश प्रादेशिक कार्यालय परिसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक प्रदेश उप प्रमुख सन्ध्या सिंह र ब्लड बैंकका अर्विन्द सिंहले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय परिसरमा ४१ जनाले रक्तदान गरेका छन् ।

प्रदेश कार्यलयका विवेक श्रीवास्तवको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरु , ट्रेड युनियनका प्रादेशिक अध्यक्षहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको जानकारी प्रादेशिक प्रबन्धक कमलेश ठाकुरले दिएका छन ।

आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

२०७९ माघ ४, बुधबार २०:१९ गते 1 Minute 538 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार