२०८० चैत्र १६ शुक्रबार

जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

हिजो मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप गरि मन्त्रीपरिषद विस्तार गरेका छन् । सत्ता सझेदार दल जसपा भने मन्त्रालय बाँडफाटमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएन ।

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

२०७९ माघ ४, बुधबार ०८:१६ गते 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार