२०८० फाल्गुन १० बिहीबार

स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गछौं : राज्यमन्त्री डा. कार्की

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताएकी छन् । उनले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताइन् । बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटि स्क्यान, एमआरआईको कमीका कुराहरु आएका छन् । साथै आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’

मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् । वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा शुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।

२०७९ माघ ५, बिहीबार १७:२४ गते 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार