२०८० फाल्गुन १० बिहीबार

भिजिबिलिटी कम भएपछि नेपालगञ्जबाट काठमाडौं उडेको विमान अवतरणका लागि झापा पुग्यो

काठमाडौं – बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमाडौं विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट गरिएको हो ।मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

२०७९ माघ ६, शुक्रबार १०:२६ गते 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार