२०८० फाल्गुन १० बिहीबार

वीरगञ्जस्थित होटल दियालोले उपभोक्तासँग नियमविपरित ‘मेनु’ बाहेककाे अन्य शूल्क असुल्दै

वीरगञ्ज – नियम विपरित वीरगंजका एक ठुला हाेटलले पनि उपभाेक्ता ठगिरहेकाे फेला परेकाे छ । मूल्य अभिवृद्धि कर नियमावली–०५३ काे विपरित वीरगञ्जकाे आदर्शनगरस्थित रहेको हाेटल दियालाेले उपभाेक्ता ठगिरहेकाे फेला परेकाे हाे ।

नियमावली विपरित हाेटलका उपभाेक्ताहरुले ‘मेनु प्राइस’ बाहेककाे अन्य शुल्क पनि भुक्तानी गर्नु परेकाे छ । नियमावली अनुसार मेनु बाहेककाे कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन तर हाेटल दियालाेमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नु परेकाे छ ।

हाेटलले मेनुमा उल्लेख नगरेकाे सर्भिस जार्ज १० प्रतिशत र भ्याट १३ प्रतिशत बिलमा थपेर लिइरहेकाे छ । जुन नियम विपरित रहेकाे छ ।

एक उपभाेक्ताले हाेटलमा मेनुअनुसार २० हजार ९ सय ७३ रुपैयाँको बिल दिनुपर्नेमा थप १० प्रतिशत सर्भिस चार्ज २ हजार ९७ र थप १३ प्रतिशत भ्याट २ हजार ९८४ जोडेर २५ हजार ९ सय ४५ रुपैयाँ असुल गरेको भेटिएको छ । हाेटलकाे मेनुकाे खानाकाे परिकारहरुकाे मुल्य मात्र उल्लेख गरिए पनि पछि बिल लिने बेलमा अन्य शुल्ककाे नाममा थप २३ प्रतिशत जाेडेर लिएकाे देखिन्छ ।

कालिका टाईम्सलाई प्राप्त साे बिलका अनुसार एक उपभाेक्ताले नियम विपरितकाे ५ हजार थप तिर्नु परेकाे छ । यसरी अनुमानित हिसाब गर्दा एक दिनमा यस्ताे दर्जनाैं उपभाेक्तासंग हाेटलले नियम विपरित लाखाैं रकम ठगि रहेकाे देखिन्छ ।

यी बिल उदाहरण मात्रै हुन् । यस्ता हाेटलमा आउने सबै उपभाेक्ताहरुलाई ठगिनु परेकाे छ । एक उपभाेक्ताले भने एउटा त हाेटल महंगाे, त्यसमा पनि अतिरिक्त शुल्ककाे नाम थप रकम तिर्नु परेकाे छ । उनले थपे याे भएन, देशका ठुला हाेटलहरु पनि नियम कानुन मानदैनन् भने कसरी हुन्छ ? उनले प्रशन गर्दै दुखेसाे समेत पाेखे ।

‘मूल्य भनेको सर्भिससहित सबै लागत जोडेर मेनुमा उल्लेख गर्ने हो । ऐन, कानुन र अदालतका आदेशहरूमा यो विषय प्रस्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिइरहेका छन् । तर सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन ।

२०७९ माघ ६, शुक्रबार ०९:२० गते 1 Minute 1561 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार