२०८० फाल्गुन १० बिहीबार

४९ जना प्रजिअको सरुवा पर्सामा हिरालाल रेग्मी आउने

वीरगञ्ज – गृह मन्त्रालयले ४९ जना प्रमुख जिल्लाहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले निकालेको सरुवाको सूची अनुसार पर्साका प्रजिअ उमेश कुमार ढकालको गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ भने पर्सामा जिल्ला प्रशासन कार्यालय दाङका सहसचिव हिरालाल रेग्मी आउने भएका छन ।रवि लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी र सहसचिवहरुको काज सरुवा गरेको छ । गृहमन्त्री स्तरीय निर्णयबाट शुत्रबार राजपत्र प्रथम श्रेणी, द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव र सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) हरुको सरुवा गरेको हो ।

त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकार आशमान तामाङ्गको पनि गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पनि पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको छ ।

२०७९ माघ ६, शुक्रबार २२:४८ गते 1 Minute 9056 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार