२०८० फाल्गुन १० बिहीबार

रोटरी क्लब अफ रुद्रमतिद्वारा ‘मेडिकल उपकरण’ हस्तान्तरण

काठमाडौं – रोटरी क्लब अफ रुद्रमती काठमाडौंले मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उपकरण ’ प्रदान गरेको छ ।

रोटरी क्लबले शनिबार बिहान दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको मनमोहन स्मृति सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका लागि आवश्यक पर्ने ‘मेडिकल उपकरण ’ प्रदान गरेको हो ।

रोटरी क्लबले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको प्रमुख आतिथ्यतामा अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गरेको हो । क्लबले उक्त मेडिकल उपकरणहरू ग्लोबल ग्रान्टअन्तर्गत द रोटरी फाउण्डेशन तथा रोटरी डिस्ट्रिक्ट ६०४० अन्तर्गतका पाँच रोटरी क्लबको सहयोगमा प्रदान गरेको हो ।

मेडिकल उपकरणमा मेडिकल बेड (२० वटा), थर्ममिटर (५० वटा), एक्स–रे भ्यु बक्स (५ वटा) र यूनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरिएको हो । कार्यक्रम सुदिप कोइरालाको संचालन, रोटरी क्लबका अध्यक्ष किशोर त्रिपाठीको अध्यक्षता, अस्पताल संचालन समितिका अध्यक्ष पूर्णबहादुर शाहीको स्वागत मन्तव्य तथा श्याम केसीको धन्यवाद ज्ञापनपछि समापन भएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पदम गिरी, रोटरी डिस्ट्रिक ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र पूर्व गभर्नर दिलेन्द्र राज श्रेष्ठ, नगर प्रमुख महेश बस्नेत लगायतले मन्तव्य राखेका हुन् ।

 

कार्यक्रममा बोल्दै मन्त्री गिरीले अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा रहेको, देशको स्वास्थ्य क्षेत्र नाजुक रहेको, यसबारेमा सरकार सचेत रहेको र स्वास्थ्य क्षेत्रको सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

त्यसैगरी, रोटरी डिस्ट्रिक ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र पूर्व गभर्नर दिलेन्द्र राज श्रेष्ठले रोटरी क्लबले खासगरी शिक्षा, स्वास्थ्य, वातारण, शान्ति तथा द्वन्द्व निरुपण र बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको बताए ।

 

कार्यक्रममा बोल्दै रोटरी क्लबका अध्यक्ष किशोर त्रिपाठीले आफ्नो क्लबले यसरी सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै निकट भविष्यमा पनि सामाजिक सेवामा अनवरत रूपमा लागिरहने बताए । अध्यक्ष त्रिपाठीले अहिले क्लबले मेडिकल उपकरण मात्रै सहयोग गरेपनि आगामी दिनमा अन्य विविध कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा रोटरी क्लबबाट बीस जना, रोटार्याक्ट क्लबबाट पन्ध्रजना र अन्य व्यक्तिहरू गरी सय जना भन्दा बढीको सहभागिता रहेको थियो । यसै कार्यक्रमको अवसर पारेर मन्त्री गिरीले अस्पतालको अवलोकन पनि गरेका हुन् ।

२०७९ माघ ९, सोमबार १३:०९ गते 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार