२०८० आश्विन ५ शुक्रबार

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

काठमाडौं – कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवेदन खुलाएको आईपीओ बिहीबार बाँडफाँड गरेको हो ।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।  आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामूहिक लगानी कोष ५४ हजार कित्ता  र कर्मचारीहरूका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । 

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

२०७९ माघ १९, बिहीबार १५:३० गते 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार