२०८० फाल्गुन १५ मंगलवार

स्रोत नखुलेको २० लाख नगदसहित वीरगञ्जबाट १ जना पक्राउ

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ् टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजनजयन्ती चोकस्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित १ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय श्यामकिशोर साहलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा आइरहेको अवस्थामा मोटरसाइकल रोकी चेकजाँच गर्दा १ हजार दरका १६ सय थान र ५ सय दरका ८ सय थान गरी नेपाली २० लाख रकम भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

भेटिएको रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए । उनका अनुसार साहविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

२०७९ माघ १९, बिहीबार २१:४० गते 1 Minute 8334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार