२०८० आश्विन ५ शुक्रबार

भालुको आक्रमणबाट ठोरीमा श्रीमान् र श्रीमती घाइते,

वीरगञ्ज – पर्सामा भालुको आक्रमणमा परेर दुईजना घाइते भएका छन् ।पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ रामनगरमा ठोरीको आक्रमणमा परेर दुईजना घाइते भएका हुन् । घाइते हुनेमा सोही स्थान बस्ने बबिलाल लोप्चन र उनकी श्रीमती सुकमाया तामाङ् रहेका छन् ।

शुक्रबार दिउँसो घर नजिकैको जङ्गलबाट घाँस काटेर घर लिएर फर्किने क्रममा उनीहरुमाथि भालुले आक्रमण गरेको थियो । भालुले सुरुमा लोप्चनकी श्रीमती सुकमायामाथि आक्रमण गरेको थियो । आक्रमणमा परेकी श्रीमतीलाई बचाउने क्रममा भालुले लोप्चनमाथि पनि आक्रमण गरेको स्थानीयहरुले जनाएका छन् ।

जङ्गलबाट निस्किएका तिनवटा भालुको आक्रमणबाट सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने लोप्चनको अवस्था सामान्य रहेको छ ।

घाइते दुबैलाई स्थानीय स्तरमै प्रारम्भिक उपचार पश्चात वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ । उनीहरुको हाल उपचार चलिरहेको स्थानीयले जनाएका छन् ।

२०७९ माघ २०, शुक्रबार २०:२६ गते 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार