२०८० आश्विन ६ शनिबार

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजिनामा पत्र बुझाएका हुन् ।

यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनको संसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद गुमेको थियो ।

२०७९ माघ २२, आईतवार २१:०८ गते 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार