
वीरगञ्ज – पर्सा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुईजना युवकहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतमा पर्ने वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्क्त टोलीले पर्साकै दुईजना युवकहरुलाई प्रतिबन्धित लागूऔषध अर्नेक्ससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी २८ वर्षीय ईजहार आलम र जगरनाथपुर गाउँपालिका वडा नम्बर १ विसुनपूर्वा निवासिक २० वर्षीय अबु अयुव असरफ रहेका छन् ।
आइतबार दिउँसो १२ बजेको करिबमा प्रहरीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले बताए ।
डिएसपी बुढाथोकीका अनुसार प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा आलम र असरफ सवार ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पुर्याई चेकजाँच गर्दा गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ३ सय ५८ बोतल प्रतिबन्धित लागूऔषध अर्नेक्सको १०० एमएलको बोत्तल बरामद भएको थियो ।
प्रहरीले लागूऔषध र गाडीसहित दुवैलाई नियन्त्रणमा लिएरई थप अनुसन्धान कार्य अगाडि बढाएको बुढाथोकीले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।