
काठमाडौं – नेप्सेको उकालो यात्रा कायम नै देखिएको छ । अघिल्लो दिन एक दशमलव ५४ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन चार दशमलव ५७ अंकले बढेर २१ सय दशमलव ६५ अंकमा चढेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले बढेर चार सय दुई दशमलव एक अंकमा चढेको छ । दुई सय ५९ वटा कम्पनीहरुको २९ हजार आठ सय ४६ पटकको कारोबारमा ३९ लाख २२ हजार दुई सय १६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ रुपैंयाँ ६० पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहको सुचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये बाणिज्य बैंक समुहको सुचक पाँच दशमलव १६ अंकले बढेर १३ सय ६९ दशमलव ९५ अंकमा चढेकोमा जलबिद्युत समूहको सुचक पनि तीन दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलव ९४ अंकमा चढेको छ ।
फाईनान्स समूहको सूचक पनि १० दशमलव १३ अंकले बढेर १७ सय ६१ दशमलव ५५ अंकमा चढेकोमा लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने सात दशमलव २५ अंकले घटेर तीन हजार छ सय ६९ दशमलव १६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ७२ अंकले घटेर १० हजार पाँच सय २२ दशमलव छ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ११ दशमलव ९४ अंकले घटेर नौं हजार १२ दशमलव ८४ अंकमा झरेकोमा सामुहिक लगानी कोष र टे«डिङ समूहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २३ सय ३३ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी बैंक ऋणपत्र २०८८ को प्रतियुनिट सेयर मुल्य नौं दशमलव ५८ प्रतिशतले घटेर आठ सय ५१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी एनआईसी एशिया बैंकको प्रतिकित्ता आठ सय २८ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड ४५ लाख ७३ हजार ६१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।