२०८० आश्विन ५ शुक्रबार

मधेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीले आज शपथ लिँदै

वीरगञ्ज – मधेश प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका एक घटक नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुन सहमत भएपछि सरकार पूर्णता पाउन लागेको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज माओवादीका सुनिता यादवलाई उद्योग, वन तथा पर्यटन मन्त्री र मोहम्मद रहबर अन्सारीलाई सोही मन्त्रालयको राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई शपथग्रहणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्राचार गरेका हुन् । स्रोतका अनुसार प्रदेश प्रमुख मिश्रले आज दिउसो १ बजे शपथग्रहणको समय मिलाएका छन् ।

नवनियुक्त मन्त्री यादव धनुषाका शहिद रामबृक्ष यादवको छोरी हुन् । माओवादी जनयुद्धकालमा रामबृक्ष र उनका दुई छोरा शहिद भएका थिए । त्यस्तै नवनियुक्त राज्यमन्त्री अन्सारी पर्सा क्षेत्र नम्बर १(क) बाट निर्वाचित सांसद् हुन् ।

प्रदेश सरकारमा यसअघि नै जसपा, जनमत पार्टी र नेकपा एमाले सहभागी भइसकेका छन् । तर दुई मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने अडान राखेर माओवादी सरकारमा सहभागी भएको थिएन ।

२०७९ माघ २४, मंगलवार १३:३९ गते 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार