
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले विभिन्न पदका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।महानगरले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४८ जना कर्मचारी भर्ना गर्न लागेको हो ।
सिभिल इन्जिनियर, रोजगार सहायक र कम्प्युटर इन्जिनियर अधिकृत स्तरका कर्मचारी भर्नाका लागि महानगरले दरखास्त आह्वान गरेको हो ।
महानगरले सिभिल इन्जिनियर २ जना माग गरेको छ भने अन्य पदमा १/१ जना माग गरेको सूचनामा उल्लेख छ । यस्तै अमीन सहायक चौंथोमा ११ जना माग हुँदा कम्प्युटर अपरेटर सहायक चौंथोमा ३३ जना माग गरिएको छ ।
खुला प्रतिष्पर्धाबाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
दरखास्त आउँदो फागुन १० गतेसम्म महानगरको प्रशासन शाखामा बुझाउन सकिने महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।