
वीरगञ्ज – वीरगञ्जबाट प्रहरीले फेरि तस्करीको सामान रहेको आशंकामा दुइ वटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी सिर्सियबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट ना.६ ख. ४००६ र ना.६ ख. ४६०८ नम्बरको मालवााहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट काठमाण्डौ जादै गरेका ती दुवै ट्रकमा रहेका कन्टेनरमा सिलबन्दी नरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ती दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रुपैया मुल्य बाराबरको कपडा बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।
सिलबन्दी नभएको शंकास्पद अवस्थामा भेटिएका कपडा सहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागी बिहीबार राजश्व अनुसन्धान कार्यलाय पथलैया बारामा बुझाईएको जानकारी उनले दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।